
श्रेणी : मधेस
सर्लाही,३१ जेठ । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्व मन्त्री तथा प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको विशेष पहलमा सर्लाहीमा नेपाली कांग्रेसले आफ्नो जनाधार थप बलियो बनाएको छ। आज धनकौल गाउँपालिका वडा नं. ३ हरकठवामा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका स्थानीय नेता रामएकवाल राय यादवको नेतृत्वमा २५ जना विशिष्ट व्यक्तिहरूले माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले माला, खादा र टिका लगाएर पार्टीमा स्वागत गरे। यसले मधेश प्रदेश, विशेषगरी सर्लाहीमा नेपाली कांग्रेसको बढ्दो प्रभाव र आकर्षणलाई स्पष्ट पारेको छ।
वर्तमान अवस्थामा मधेश प्रदेशमा नेपाली कांग्रेस सर्लाही एक बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भएको छ। सर्लाहीका कुल १२ वटा स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरू निर्वाचित भएका छन्, जसले जिल्लामा पार्टीको गहिरो जरालाई प्रतिबिम्बित गर्छ। आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा दुवैमा कांग्रेसले अझ बढी सिट जित्ने गरी आफूलाई बलियो बनाउँदै लगेको नेता सिंलले दाबी गरे ।


प्रतिक्रिया