
श्रेणी : प्रदेश
जनकपुर,२१ वैशाख । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा सर्लाहीमा १२ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा बिहानैदेखि पानी परिरहेको छ। महाशाखाका अनुसार आज दिनभरजसो देशका विभिन्न भागमा वर्षा हुने र बेलाबेलामा रोकिने क्रम जारी रहनेछ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार कोशी र लुम्बिनी प्रदेशका साथै पहाडी भेगका केही स्थानहरूमा चट्याङ, हावाहुरीसहित हल्का देखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना रहेको छ।
देशभरको मौसम दिउँसो आंशिकदेखि सामान्यतया बदली रहने छ भने हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
महाशाखाले यस्तो मौसम पर्सिसम्म कायम रहने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया