वीरगन्ज :

सर्लाहीमा आगलागीबाट लाखौंको क्षति, पाँच चौपायाको मृत्यु

श्रेणी : मधेस

8 months
Pradeep Sah
1.7kViews
1417 Shares

वीरगन्ज,२९ माघ । सोमबार राति सर्लाहीको रामनगर गाउँपालिका-३ स्थित अनुप महराको कच्ची फुसको घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको छ ।

आगलागीका कारण घर पुरै जलेर नष्ट भएको छ भने र पाँच वटा बाख्राका चौपाया पनि जलेर मरेका छन् ।

आगलागीको समयमा घरमा रहेका विभिन्न वस्तुहरू जस्तै लत्ताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजारसहित जम्मा ५ लाख रुपैयाँको क्षति भएको छ ।

प्रहरीका अनुसार आगो नियन्त्रण गर्न प्रहरी चौकी खैर्वा बहुर्वाबाट १० जनाको टोलीले तत्कालै स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मात्र एक घण्टाभित्र आगो पूर्ण रूपमा निभाउन सफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *