वीरगन्ज :

सर्लाहीको होटलबाट हतियारसहित युवक पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.2kViews
1376 Shares

सर्लाही,२१ वैशाख । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित एक होटलबाट अवैध हतियारसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार विशेष सूचनाको आधारमा पर्सा–२ मा रहेको रवी होटलमा हतियारसहित व्यक्ति बसेको जानकारी पाएपछि प्रहरी चौकी नारायणपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी सहायक निरीक्षक किशोरी यादवको नेतृत्वमा पुगेको टोलीले होटलबाट २३ वर्षीय दीपक साहलाई पक्राउ गरेको हो। उनी पर्सा गाउँपालिका–४ निवासी हुन्।

साहको साथबाट एकथान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए। प्रहरीले यो घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएर थप अनुसन्धान गरिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *