वीरगन्ज :

सर्लाहीको लालबन्दीमा २४४ किलो गाँजासहित एकजना पक्राउ

श्रेणी : अपराध

5 months
Pradeep Sah
2.2kViews
1082 Shares

सर्लाही,०६ बैशाख । सर्लाही प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एकजनालाइ पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ स्थित पत्थरकोट चोकमा प्रहरीले लागु औषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्ति लालबन्दी नगरपालिका–१ नवलपुर निवासी २५ वर्षीय सुशिल चौधरी रहेका छन्। विशेष सूचनाका आधारमा लागु औषध ओसारपसार भइरहेको आशंकामा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उक्त सफलता पाएको हो।

मरिनतर्फबाट लालबन्दीतर्फ लागिरहेको सूचना पाउनेबित्तिकै पत्थरकोट चोकमा चेकपोइन्ट स्थापना गरी सवारी तथा पैदल यात्रुहरूको जाँच भइरहेको थियो।
त्यही क्रममा बा २० च १७८२ नम्बरको बोलेरो पिकअप गाडी जाँचमा परेर फरार हुन खोजेपछि प्रहरी टोलीले हिरापुरमा गाडीलाई रोकेर नियन्त्रणमा लिएको थियो।

गाडीको विस्तृत जाँच गर्दा धानको भुसको बोरा मुनि लुकाई–छिपाई राखिएको अवस्थामा रातो प्लास्टिकमा प्याक गरिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो । प्रहरीले ४५ वटा पोका गरी कुल २४४.२०० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *