वीरगन्ज :

सर्लाहीको बलरामा पानीमा डुबेको अवस्थामा बालकको शव भेटियो

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.1kViews
1441 Shares

बरहथवा (सर्लाही), १४ असोज । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ । बलरा नगरपालिका-३, स्थित लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुरको शव पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहान घरदेखि दुई किलोमिटरको दूरीमा बाढीको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठकानुसार गत ११ गते शुक्रबार भारतमा रहेका आफन्तकोमा जान्छु भनेर घरबाट हिँडेका बालक बेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *