वीरगन्ज :

सर्लाहीको चिनी उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु

श्रेणी : मधेस

3 days
Pradeep Sah
1.6kViews
1022 Shares

सर्लाही,०८ माघ । सर्लाहीको धन्कौलमा रहेको चिनी उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

धन्कौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुरका १९ वर्षीय चुनचुन रायको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काम गरिरहेको अवस्थामा राय मेसिनमा च्यापिएका थिए र घटनास्थलमै उनको मृत्यु भएको थियो।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सरोज राईले मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *