वीरगन्ज :

सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, पाँच जना पक्राउ

श्रेणी : अपराध

14 hours
Pradeep Sah
1.6kViews
1363 Shares

सर्लाही,०७ साउन । सर्लाहीको कबिलासी नगरपालिकाको कार्यालयमा भएको चोरी प्रकरणमा संलग्न पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय हरिपुरको टोलीले चोरीमा प्रयोग गरिएका प्रमाणको आधारमा अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको हो।

साउन ४ गते राति कबिलासी नगरपालिका–८ स्थित सामाजिक सुरक्षा शाखाको कोठाबाट कम्प्युटर, प्रिन्टर, राउटरलगायतका सरकारी सामग्री चोरी भएको थियो। चोरी भएको जानकारी साउन ५ गते बिहान प्रहरी चौकी कबिलासीमार्फत प्राप्त भएपछि हरिपुर प्रहरीको टोलीले तत्कालै अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानको क्रममा नगरपालिका नजिकैको नालामा क्यानन कम्पनीको क्षतिग्रस्त प्रिन्टर भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर सीसीटीभी फुटेज र अन्य प्राविधिक विश्लेषणमार्फत संलग्न व्यक्तिहरूको पहिचान गर्‍यो।

प्रहरीले संलग्न रहेको आशंकामा रोहित मिश्रको घरमा खानतलासी गर्दा चोरी भएका सामग्रीहरू बरामद गरेको छ। त्यसपछि प्रहरीले मिश्रसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्ति निम्न छन्:रोहित मिश्र,सुरेन्द्र राय,राजु पासवान ,ललका पासवान ,दिपक पासवान पाँच जनालाई नियन्त्रणमा लिएको हो। बरामद सामग्रीहरूमा समावेश छन्,सीपीयू १ थान,मोनिटर १ थान,किबोर्ड १ थान,कुर्सी १ थान,राउटर १ थान,मल्टी प्लग १ थान,क्षतिग्रस्त प्रिन्टर १ थान सामग्रीहरू बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *