
श्रेणी : मधेस
1.9kViews
1572
Shares
जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३ वटा स्वास्थ्य संस्थाको निरीक्षण गरेका छन्। यस क्रममा, २ वटा संस्थाले सेवा सञ्चालनको अनुमतिपत्र दुरुस्त पाएको र २ वटा संस्थाले अनुमतिपत्रको नवीकरण गर्नुपर्ने पाइएको छ।
तर, सेवा सञ्चालन अनुमतिपत्र नभएका र मापदण्डअनुसार सेवा सञ्चालन नगरेका १९ अस्पताललाई तत्काल बन्द गर्ने निर्देशन मुख्यमन्त्री सिंहले दिएका छन्।
यस कदमले स्वास्थ्य सेवा प्रवाहको गुणस्तरमा सुधार ल्याउने र अनियमितता तथा अबैध सञ्चालनलाई रोक्ने उद्देश्य राखिएको छ।

प्रतिक्रिया