
श्रेणी : प्रदेश
काठमाडौँ,२९ माघ । घरमा बालश्रमिक राखेकी सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साहले पीडित बालिकासँग माफी माग्दै नआत्तिन पनि भनेका छन्।
मेयर साहले लेखेका छन्,’सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।
गत जेठ १४ गते बालुवाटारको एक घरबाट नाबालिकाको उद्धार भएको थियो। काठमाडौं महानगरपालिकाको टोलीले नाबालिकाको उद्धार गरेपछि त्यो घर रेखाकुमारी शर्माको भएको खुलेको थियो।


प्रतिक्रिया