वीरगन्ज :

सरकार र सत्तारुढ दलले झूटबाहेक केही बोल्दैनन्ः अध्यक्ष ओली

श्रेणी : BANNER

2 years
birgunj report
62Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले कमजोर बनाउन नसक्ने बताएका छन् । मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कसैले कमजोर बनाउन नसक्ने बताएका हुन् ।

उनले एमालेलाई कसैले सिध्याउने कुरा त परैजावस् कमजोर बनाउन पनि नसक्ने बताए । उनले भने, ‘हामीलाई सिध्याउनका लागि बनाइएको चक्रव्यूह तोडेर मुलुकको लोकप्रिय पार्टी बनेका छौं । कसैले सिध्याउने कुरा छाडिदिउँ कमजोर पार्छु भन्यो भने पनि त्यो असफल हुन्छ ।’

उनले एमालेको चुनावी नतिजा बिग्रनुमा मा गठबन्धनको भन्दा पनि आन्तरिक प्रभाव बढी परेको बताए । उनले पार्टीमा ७० वर्षे उमेरहद राख्नु अवैज्ञानिक र अराजनीतिक कुरा रहेको भन्दै त्यसलाई हटाउनुपर्ने बताए ।

उनले भने, ‘८० वर्ष पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई होइन, कांग्रेसका सभापति शेरबहादुर देउवालाई होइन, मभन्दा एक वर्ष जेठो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि होइन, एउटा केपी ओलीलाई ताकेको हो । त्यस्तो कुरा गर्नेहरूलाई कहिलेकाहिँ म्याराथनका लागि निम्तो दिऊँ कि जस्तो लाग्छ।’

एमाले युवाहरूको मात्रै नभइ बालबालिका देखि ज्येष्ठ नागरिक सबैको आशिर्वाद र साथ सहयोग रहेको पार्टी भएको बताए ।
अध्क्ष ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताए । उनले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको बताए ।

उनले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप लगाए । संविधान र कानुन बमोजिम निस्किृय भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको बताए । उनले भने, ‘मिटरब्याजीहरुको सम्बन्धमा ज्येष्ठ २४ गते विधेयक पास गर्न दिएनन् भनेर गृहमन्त्री कड्किएछन् । यिनीहरुनै हुन्, जसले वैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेश गर्छन् । के हेरेर बसे यो बीचमा ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *