वीरगन्ज :

सरकार बनेको एक महिनामा नागरिकता, २५ लाख रोजगारी सृजना गर्ने एमालेको संकल्प

श्रेणी : BANNER

3 years
birgunj report
28Views
0 Shares

काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षभित्र २५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि मंगलबार घोषणापत्र सार्वजनिक गर्दै एमालेले रोजगारी र स्वरोजगारी गरी पाँच वर्षभित्र २५ लाख रोजगारीको सिर्जना गर्ने घोषणा गरेको हो ।

त्यसका लागि रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाइने, कृषिमा युवाहरुलाई आकर्षित गर्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

त्यस्तै न्यूनतम ज्याला २५ हजार पुर्याउने पनि एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै युवाहरुलाई वैदेशिक रोजगारमा जानुपर्ने वाध्यताको अन्त्य गर्ने, विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमै उद्यम गर्न सहुलियतपूर्ण कर्जामा ऋण दिने लगायतका प्रतिवद्धता एमालेले गरेको छ ।

त्यस्तै नेकपा एमालेले नागरिकताविहीन नेपाली नागरिकलाई एक महिनाभित्र बंशजको नागरिकता प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको महिनादिन भित्र नागरिकताविहीनहरुलाई नागरिकता प्रदान गर्ने घोषणा गरेको हो ।

एमाले नेतृत्वमा सरकार बनेको ६ महिनाभित्र नागरिकतासम्बन्धी अन्य समस्याको समाधान गर्ने घोषणा गरेको छ । त्यस्तै एक महिनाभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय वितरण गरिसक्ने उद्घोष एमालेले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *