वीरगन्ज :

सरकारी इन्धन दुरुपयोगको छानबिन गर्न अख्तियारलाई प्रभु साहले गरे आग्रह

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.2kViews
1728 Shares

काठमाडौं,२७ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छानबिन र कारबाहीको माग गरेका छन्।

सिरहामा मंगलबार सम्पन्न एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण गरिएको भन्ने समाचार बाहिरिएपछि पूर्वमन्त्री साहले आपत्ति जनाए। उनले भने, “यो कार्य गलत छ र सार्वजनिक स्रोत र साधनको दुरुपयोग गरेको स्पष्ट उदाहरण हो।”

साहले अख्तियारलाई तत्काल यो विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र संस्थाको साख बचाउन सुझाव दिएका छन्। उनले, “राज्यका स्रोतलाई निजी पार्टीका कार्यक्रमका लागि उपयोग गर्नु स्वीकार्य हुन सक्दैन।”

यसअघि, पुस महिनामा प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आयोजित कार्यक्रममा पनि गाउँमा तेलका कुपन वितरण गरिएको थियो। यी घटनाहरूले सरकारी स्रोत र साधनको दुरुपयोगको गम्भीर सवाल उठाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *