वीरगन्ज :

सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने

श्रेणी : खेलकुद

2 years
birgunj report
68Views
0 Shares

काठमाडौं । सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

शुक्रबार खेलाडीहरुलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै सरकारले खेलाडीलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भने,‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी. ३ लाख पुरस्कारको घोषणा गर्दछु।’

बिहीबार नेपालले युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *