वीरगन्ज :

सरकारले घिसिङलाई हटाएपछि लामिछानेले गरे विरोध : बलिरहेको विजुली बत्ती निभाए, मैनबत्ती बाले

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
1.7kViews
1313 Shares

काठमाडौं,१२ चैत । सरकारद्वारा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध प्रदर्शन गरेको छ। सोमबार साँझ, रास्वपा सभापति रवी लामिछानेले एक विशेष सांकेतिक कदम उठाउँदै विरोध जनाए।

लामिछानेले १ मिनेट २२ सेकेन्डको मौन प्रतिवेदनलाई लाइभ प्रसारण गर्दै बलिरहेको विजुली बत्तीलाई निभाए र मैनबत्ती बालेर सरकारको निर्णयप्रति विरोध जनाए। उनले क्याप्सनमा लेखे, “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्।”

यो प्रदर्शन सरकारको निर्णयविरुद्ध रास्वपाको असहमतिका रूपमा देखिएको छ। घिसिङको हटाइसँगै पार्टीका नेता र समर्थकहरूमा यो कदमले ठूलो प्रतिक्रिया प्राप्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *