
श्रेणी : BANNER
26Views
0
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।
उनले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताए । उनले भने, ‘ एकले अर्कालाई दोष दिएर होइन, सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नुपर्दछ ।’
उनले जनप्रतिनिधिले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्नुपर्ने बताए ।


प्रतिक्रिया