वीरगन्ज :

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय गर्न मंगलबार बिहान पदाधिकारी बैठक बोलाइएको थियो । बैठकमा सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । तर, अन्य पदाधिकारीहरु सहमत नभएपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

प्रचण्डलाई विश्वासको मत दिँदै प्रतिपक्षमा बस्ने निर्णयप्रति महामन्त्रीद्वय सहित ४ नेताले असहमति जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *