वीरगन्ज :

सरकारद्धारा ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.2kViews
1585 Shares

काठमाडौं, १० चैत्र । सरकारको पत्रकार दुर्घटना बीमा कार्यक्रमअन्तर्गत सूचना तथा प्रसारण विभागले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । यस योजनाअन्तर्गत हरेक पत्रकारलाई ७ लाख रुपैयाँ बराबरको बीमा गरिएको विभागले जनाएको छ ।

आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा बसेको पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठकले प्राप्त आवेदनमध्ये आवश्यक मापदण्ड पूरा गरेका ४६ पत्रकारलाई बीमा गर्ने निर्णय गरेको हो ।

निर्देशक उपाध्यायका अनुसार विभागले दुई पटक आवेदन माग्दा कुल ४७ जनाले आवेदन दिएका थिए, जसमा एकको कागजात अपूर्ण रहेकाले ४६ जनाको मात्र बीमा गरिएको हो। बीमा योजना एक वर्षका लागि लागू हुनेछ ।

सूचना तथा प्रसारण विभागले हरेक वर्ष पत्रकारहरूको दुर्घटना बीमा गराउँदै आए पनि पत्रकारहरूको सहभागिता भने घट्दै गएको देखिएको छ। विभागले यसअघि कार्तिक तेस्रो साता र माघ अन्तिममा सूचना जारी गरी आवेदन मागेको थियो, तर पहिलो चरणमा मात्र ३७ जनाले आवेदन दिएका थिए, दोस्रो चरणमा भने थप ९ जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *