
श्रेणी : समाचार
9Views
0
Shares
काठमाडौं । सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यक्रम गरी न्यूनतम साझा कार्यक्रम गरिने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
कार्यदलले तयार पारे अनुसार ९ वटा बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले नीति तथा कार्यक्रम बनाएको हो ।

प्रतिक्रिया