वीरगन्ज :

सरकारको नेतृत्व नछाड्न प्रधानमन्त्रीलाई कांग्रेसका महिला सांसदको सुझाव

श्रेणी : राजनीति

3 years
birgunj report
20Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका महिला सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँगको छलफलमा महिला सांसदहरुले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन् ।

निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेका कारण पनि अवको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएको कांग्रेस सांसद रमा कोइराला पौड्यालले जानकारी दिइन् । उनले निर्वाचनमा जाँदा गठबन्धनसंगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा आफूहरुको जोड रहेको बताइन् ।

छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारीपूर्वक छलफल भइरहेको जानकारी गराएका थिए। आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताएको सांसद पौड्यालले जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *