
श्रेणी : राजनीति
काठमाडौं । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने भएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।
त्यसका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनकाअनुसार न्यूनतम साझा कार्यक्रम तय गर्न सातै दलबाट एक एकजना प्रतिनिधि रहनेछन् ।
के उद्देश्यकासाथ सरकारमा आएका हौँ भन्ने पुष्टि गर्न यो कार्यक्रम ल्याउन लागिएको उनले बताए । बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल भएको थियो ।
मन्त्रिपरिषद विस्तार गर्दा विषयविज्ञलाई मन्त्रालयमा राख्ने समझदारीका लागि कोसिस गरिने गृहमन्त्री लामिछानेले बताए । सरकार गठनपछि सत्ता साझेदार दलको पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया