वीरगन्ज :

सम्पर्क कार्यालय उद्घाटनसहित यादवले सङ्घीयता र लोकतन्त्रको रक्षा प्रतिबद्धता व्यक्त

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.0kViews
1646 Shares

वीरगंज,०५ फागुन । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६, इनरवा मा मंगलबार घरदैलो कार्यक्रम सम्पन्न गरे।

कार्यक्रमको क्रममा यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफूलाई र पार्टीका अन्य उम्मेदवारलाई विजय बनाउन सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। यसै अवसरमा उनले इनरवा क्षेत्रमा आफ्नो सम्पर्क कार्यालयको औपचारिक उद्घाटनसमेत गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री यादवले सङ्घीयताको कार्यान्वयन पूर्ण नभएको भन्दै यसलाई मुख्य एजेन्डा बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेश र स्थानीय तहले अपेक्षित अधिकार प्राप्त नगरेको उल्लेख गर्दै सङ्घीयता अझै बलियो बनाउन आवश्यक रहेको बताए।

यादवले हाल देशमा विदेशी शक्तिको बढ्दो प्रभावको चर्चा गर्दै नेपाललाई प्रयोगशालाका रूपमा प्रयोग गर्ने प्रयास भइरहेको दाबी पनि गरे। उनले मतदातालाई नयाँ दलका उम्मेदवारको पृष्ठभूमि बुझेर मात्रै मतदान गर्न र काम गर्ने उम्मेदवारलाई पहिचान गर्न सुझाव दिए।

साथै उनले कोरोना महामारी, खानेपानी संकट र हैजा जस्ता चुनौतीका समयमा जनताको बीचमा रहेर काम गरेको स्मरण गराए। अन्ततः यादवले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन स्थानीय मतदातासँग आग्रह गरे। कार्यक्रममा स्थानीय कार्यकर्ता र मतदाताको उल्लेखनीय सहभागिता देखियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *