वीरगन्ज :

समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, १८ जिल्लामा ढुवानी

श्रेणी : BANNER

3 years
birgunj report
14Views
0 Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको हो । यसैगरी ७ वटै प्रदेशकालागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ ।

हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *