वीरगन्ज :

समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन 

श्रेणी : राजनीति

3 years
birgunj report
61Views
0 Shares


काठमाडौं,४ असोज ।
आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली -प्रत्यक्ष-तर्फको सिट बाँडफाँटमा जुटेको छ ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धनआवद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्षनेताहरुको प्रत्यक्षतर्फको सिटको भागबण्डा मिलाउन बैठक बसिरहेको हो ।

आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *