२०८२ श्रावन ३१, शुक्रबार

वीरगन्ज :
१६:४८:४१

समाज बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी

श्रेणी : BANNER

3 months
Pradeep Sah
1.8kViews
1252 Shares

जनकपुर,२९ वैशाख । मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीमा विवाह समारोहमा खाजापछि विषाक्तता देखिँदा एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएका जन्तीहरू सोमबार राति विवाह कार्यक्रमपछि खाजामा परोसीएका बुनियाँ, रसबरीजस्ता मिष्ठान्न खाएपछि एकपछि अर्को बिरामी पर्न थालेका थिए। पेट दुख्ने, वान्ता आउने र कमजोरी हुने लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवका अनुसार, हालसम्म साठीभन्दा बढी बिरामी प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका छन् भने अन्यलाई विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। केही बिरामी भने उपचारपछि घर फर्किसकेको जानकारी पनि उनले दिए।

“खाजामा विषाक्तता रहेको अनुमान गरिएको छ। हामीले घटनास्थलबाट खाजाको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएका छौँ,” प्रमुख यादवले बताए। परीक्षणपछि वास्तविक कारण पुष्टि हुने जनाइएको छ।

यो घटनाले विवाह तथा सामूहिक कार्यक्रममा खानेकुरा तयार पार्दा आवश्यक सतर्कता नअपनाउँदा ठूलो संख्यामा मानवीय क्षति हुन सक्ने देखाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *