श्रेणी : राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाबाट नआत्तिन आग्रह गरेका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मोर्चा बनाएर कसैलाई तर्साउन नखोजेको बताएका हुन् । उनले सबै वामपन्थी शक्तिलाई मोर्चामा आवद्ध हुन आग्रह गरे ।
उनले भने,’मोर्चादेखि कसैले पनि आत्तिनु पर्दैन । तर्सिनु पर्दैन । हामी तर्साउन चाहँदैनौँ । घुर्काउन पनि चाहँदैनौँ । हामीलाई मुकाबिला पनि गर्नुछैन ।’ उनले मुलुकमा अहिले पनि प्रतिगमन विरोधी शक्तिहरु चलखेलमा लागिरहेको बताए ।
उनले मोर्चाले प्रतिगामी शक्तिविरुद्ध मुकाबिला गर्ने बताए । उनले पार्टीहरू मोर्चा बन्दैमा विलय हुने हो कि भन्ने भय नलिन पनि आग्रह गरे । उनले भने, ‘हाम्रो पार्टीमा पनि केही मान्छेलाई त्यस्तो परेछ । कतै अरू पार्टीले निलिहाल्ने हो कि भनेर । कसैले निल्नेवाला छैन । निलिनेवाला पनि छैनौँ ।’
प्रतिक्रिया