श्रेणी : प्रदेश
काठमाडौँ,१५ माघ । चारदलीय समाजवादी मोर्चाले आज (मंगलबार) वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ। यसअघि बुधबार गर्ने भनिएको कार्यक्रम हल अभावका कारण एक दिन अघि सारिएको हो।
नेपाल समाजवादी पार्टीका सह-अध्यक्ष गंगानारायण श्रेष्ठका अनुसार कार्यक्रम आज दिउँसो १२ बजे कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुनेछ। कार्यक्रमको विषयवस्तु “वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार” मा केन्द्रित रहनेछ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी (नेसपा), र नेकपाको (विप्लव नेतृत्वको) सहभागिता छ। २०८० असार ४ गते मोर्चाको गठन भए पनि पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भने मोर्चामा सक्रिय देखिएको छैन।
नेताहरूले कार्यक्रममा सहभागी भई विचार आदानप्रदान गर्न आग्रह गरेका छन्। कार्यक्रमले वर्तमान राजनीतिक अवस्था र मोर्चाको भावी कार्ययोजनाका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया