वीरगन्ज :

समाजवादी प्रेस संगठन पर्साकाे सम्मेलन माघ मसान्त भित्र गर्ने जिम्मेवारी अध्यक्ष पटेललाई

श्रेणी : BANNER

2 years
Pradeep Sah
1.7kViews
1126 Shares

वीरगंज । समाजवादी प्रेस संगठन पर्साकाे जिल्ला सम्मेलन गर्ने जिम्मेवारी संगठनले केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष मनाेज पटेललाई दिएकाे छ ।

संगठनका मधेश प्रदेश अध्यक्ष प्रविण साहले एक प्रेस विज्ञप्ती जारी गर्दै महाधिवेशनपछि संगठनको कामकाज सुस्त देखएिकाले २०८० माघ मसान्तभित्र जिल्ला सम्मेलन गरी नयाँ जिल्ला कार्यसमिति समेत गठन गर्ने गरि केन्द्रीय सदस्य तथा पर्सा अध्यक्ष मनोज पटेललाई जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।

विज्ञप्तीमा स्थापनापछिको केही समयदेखि नै प्रेस संगठन नेपाल, पर्सा समितिमा देखिएको विवाद मिलाउन पटक-पटकक प्रयास गरिएको हो । केन्द्रीय समिति र नेकपा एकीकृत समाजवादी पार्टी पर्सा समितिको पहल र समन्वय पनि भएको हो । तर केही असन्तुष्ट साथीहरुले पार्टी र संगठनको समन्वयलाई पनि लत्याउने काम भइरह्यो उल्लेख गरिएकाे छ ।

साथै विज्ञप्ती मार्फत पर्सा पार्टी अध्यक्षको हस्ताक्षर भएको माइन्युटमा अनावश्यक विषयवस्तु उचाल्ने काम भएकाे जनाइएकाे छ । साे विज्ञप्ती समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष एवम् नेकपा एकीकृत समाजवादी पर्सा अध्यक्षलाई पनि वाेद्धार्थ गरिएकाे छ ।कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *