
श्रेणी : BANNER
3.0kViews
1201
Shares
वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, झापाकाे जिल्ला भेला शनिबार सम्पन्न भएकाे छ । झापाकाे विर्तामोडमा सम्पन्न भेलाले शम्भुजित दाहालकाे अध्यक्षता नयाँ कार्यसमिति सर्वसहमत चयन गरेकाे छ ।
भेलाले संगठनकाे उपाध्यक्षमा रिता दाहाल, गोविन्द लुवागुन, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी, रन्जिता खड्का, कोषाध्यक्षमा दिपिका लोहार चयन भएका छन् । त्यस्तै संगठनका सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन भएका छन् ।
संगठनका केन्द्रिय अध्यक्ष विश्वमनी सुवेदीकाे विशेष उपस्थितीमा भेला सम्पन्न भएकाे हाे । कालिका टाईम्स


प्रतिक्रिया