वीरगन्ज :

समाजबादी जागरण अभियानलाई युवा संघ पर्साले स्वागत गर्ने

समाजबादी जागरण अभियानलाई युवा संघ पर्साले स्वागत गर्ने

श्रेणी : BANNER

2 years
Pradeep Sah
164Views
0 Shares

वीरगंज (पर्सा), १३ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट युवा संघ नेपाल पर्साकाे बैठक शनिबार सम्पन भएको छ। बैठकले पार्टीकाे मेची महाकाली समाजबादी जागरण अभियानलाई वीरगंजमा स्वागत गर्न निर्णय गर्ने निर्णय गरेकाे छ । असोज १४ गते देखि सुरू भएको समाजबादी जागरण अभियान वीरगंजमा यही असोज १८ गते दिउसो मेची महाकाली टोली पुग्ने छ । जसलाई स्वागत र भव्य रूपमा सफल पार्न युवा संघ नेपाल, पर्साकाे बैठकले निर्णय गरेकाे युवा संघ नेपालका पर्सा जिल्ला इन्चार्ज अनिल पटेलले वताए ।

जून कार्यक्रम सफल पार्न विभिन्न समितिहरु गठन भएकाे उनले वताए । उनका अनुसार जन परिचालन समितिकाे प्रमुख अलि अंसारी र आकाश पटेललाई बैठकले जिम्मेवारी दिएकाे छ । यसका साथै पार्टीकाे ब्यानर, टोपि झण्डा आदिको व्यवस्था पार्टीबाट सहयोग लीन बैठकले निर्णय गरेकाे छ । बैठकले यहि कार्तिक मसान्तमा जिल्ला कमिटी पुन: गठन गर्ने समेत निर्णय गरेकाे छ ।

युवा संघ पर्साका अध्यक्ष आकाश पटेलकाे अध्यक्षता र पर्सा इञ्चार्ज अनील पटेलकाे प्रमुख आतिथ्यमा बसेकाे बैठकमा पार्टीका नेता रामेश्वर धानुक, आकाश पटेल, अलि अन्सारी, युवा संघका सन्दिप पटेल, दिपक साह, नरेंद्र पटेल, चन्दन महतो, विक्रम पटेल, कैलाश पासवान, पपु पटेल, रामबाबू महतो, पवन कुमार , बिनोद पटेल ज्वाहिर अन्सारी, सूरज कुशवाहा रामबाबु कुर्मी, लगायतको उपस्थिती रहेको थियो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *