वीरगन्ज :

सभामुख निर्वाचन र मन्त्रिपरिषद विस्तारबारे बालकोटमा प्रधानमन्त्री र ओलीबीच छलफल

श्रेणी : राजनीति

2 years
birgunj report
56Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

भेटमा सभामुखको निर्वाचन, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री र एमाले अध्यक्षबीच कहिले बालुवाटार त केहिले बालकोटमा निरन्तर छलफल भइरहेको छ ।

सत्ता साझेदार दलको संख्या धेरै भएका कारण मन्त्रालय बाँडफाँडमा समस्या भएकाले सहमति जुटाउन निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्रीले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने बताएपनि हुन सकेको छैन । सुरुमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरिएकोमा चार मन्त्री अझै विना विभागीय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *