वीरगन्ज :

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

श्रेणी : राजनीति

2 years
birgunj report
19Views
0 Shares

काठमाडौं । आजदेखि सभामुखको निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। संसद् सचिवालयले तय गरेको निर्वाचन कार्यतालिका अनुसार आज सभामुखका लागि उम्मेदवारी दर्ता हुनेछ।

संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रतिनिधि सभा सदस्यहरुले मनोनयन दर्दा गर्न सक्नेछन्। मनोनयन संसद भवनको ल्होत्से हलमा हुनेछ।

यस्तै आज नै उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ। बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल र निर्णयार्थ प्रस्तुत हुनेछ।

पुस १० मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि एमाले र माओवादीबीच सभामुख एमालेले लिने सहमति भएको थियो। तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले समामुखका लागि एमालेसँग कुनै लिखित सहमति नभएको बताइरहेका छन्।

विश्वासको मत लिनेबेला जनमोर्चा र नेमकिपाबाहेक सबै दलले मत दिएकाले पद बाँडफाँटमा केही समस्या देखिएको छ। यसैबीच आजै ९ बजे नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। बैठकमा सभामुखको मनोनयनका लागि निर्णय गरिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *