
श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फेरि कांग्रेसलाई उठाउन आफूहरु लागिपर्ने भएकाले निराश नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
पोखरामा आयोजित साहित्य सम्मेलनलाई सम्बधोन गर्दै उनीहरुले यस्तो बताएका हुन् । महामन्त्री थापाले सभापति शेरबहादुर देउवाले छलफलका लागि नबोलाएपछि आफू अपमानित महशुस गरेर पोखरातिर आएको बताए ।
गठबन्धनको बैठकअघि सरकार निर्माणका विषयमा देउवाले पार्टीमा छलफल गर्ने र पार्टीमा छलफल गर्दा महामन्त्रीहरुलाई बोलाइने आफूले ठानेको बताए।
उनले भने, ‘पार्टीभित्र म पनि पर्छु भन्ने ठानेको थिएँ । पार्टी अफिस भए म आफैं जान्थें। बालुवाटार निवास हो। निवासमा नबोलाइ जाने कुरा भएन। टेलिफोन कुरेर मैले १० बजेको प्लेन टिकट १२ र १२ बजेको प्लेन टिकट २ बजेलाई सारेँ।’
त्यस्तै अर्का महामन्त्री शर्माले आफूहरु ‘एम्बाप्पे’ भएपनि कप अर्कैले लिएको अवस्था भएको टिप्पणी गरेका छन्। उनले भने, ‘मंसिर ४ को निर्वाचनमा सवैभन्दा धेरै सिट हामीले जित्यौं। विश्वकपमा गोल्डेन बुट एम्बाप्पेले जित्यो। गोल्डेन बुट जित्यो। हामी एम्बाप्पे बनेर आएका छौं। कप अर्कैले लिएको छ।’
उनले ५ वर्षपछि च्याम्पियन बन्ने भन्दै कार्यकर्तालाई चिन्ता नलिन आग्रह गरिरहेको बताए। उनले भने,‘देशभरबाट साथीहरूले शोधिरहनु भएको छ– कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यत्ति भनें– ‘डन्ट वरी’ ।’

प्रतिक्रिया