वीरगन्ज :

सबैठवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.1kViews
1043 Shares

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवामा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

रोटरी क्लब ऑफ वीरगंज मेट्रोपोलिस र राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसकाे संयुक्त आयाेजनामा सबैठवास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय फजतावामा भएकाे शिविर सम्पन्न भएकाे हाे ।

स्पर्श मल्टीस्पेशलिटी होस्पिटलको सहकार्यमा भएकाे शिविरमा ५ सय जनाले स्वास्थ्य परिक्षण गराएकाे राेटरी क्लब आँफ वीरगंज मेट्राेपाेलिसका सचिव मुकेश नितलले जानकारी दिए ‍।

शिविरमा डा. महेश्वर प्रसाद कुर्मी, डा. सुशील साह, डा. मनोज गुप्ता, डा. रंजीत चौरसिया र डा. प्रतिभा चाैधरीले स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा आयाेजक क्लबका शशि रन्जन कलवार, नन्दन चाैरसिया, चन्दन सिंह, हरिगाेपाल श्रेष्ठ, रामविनय यादव, राधिका दारुका, कुसुम गुप्ता, राेहित गुप्ताले लगायतकाले सहयाेग गरेका थिए ।   कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *