
श्रेणी : BANNER
53Views
0
Shares
राजविराज । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।
यस्तै, प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २(१)मा सतिशकुमार सिंह निर्वाचित भए । सप्तरी २(२)मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका हुन् ।

प्रतिक्रिया