वीरगन्ज :

सप्तरी: वडाध्यक्षसहित दुई जना पुर्पक्षका लागि थुनामा

श्रेणी : मधेस

3 months
Pradeep Sah
1.7kViews
1961 Shares

जनकपुर,२२ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश दीपक धितालको एकल इजलासले साहसहित अर्का आरोपी राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

वडाध्यक्ष साह मंसिर २० गते शपथ ग्रहण समारोहकै दिन पक्राउ परेका थिए। उनीसहित ६ जनाविरुद्ध जबरजस्ती करणी, कर्तव्य ज्यान र व्यक्ति बेपत्ता बनाएको आरोपमा मुद्दा दर्ता भएको छ।

अदालतले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने ठहर गरेको हो।

यस घटनाले स्थानीयस्तरमा चासो र विवाद बढाएको छ भने आरोपीहरूमाथि कानूनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *