श्रेणी : प्रदेश
      1.6kViews
      
      
      1739
      Shares
      
      
जनकपुर,२८ पुस । सप्तरी प्रहरीले शनिबार ६७० किलो गाँजा नियन्त्रणमा लिएको छ। बलानबिहुल गाउँपालिका-१ चनहीको कमलदाहामा परालले छोपेर राखिएको अवस्थामा २४ वटा प्याकेटमा बाँधिएको गाँजा प्रहरीले बरामद गरेको हो।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार, यसअघि पनि मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट १,७१७ किलो गाँजा नियन्त्रणमा लिइएको थियो।
गाँजा पूर्वी पहाडी जिल्लाबाट सप्तरी ल्याएर यहाँ भण्डारण गरेर भारततर्फ तस्करी हुने गरेको भनिएको छ। यद्यपि, यस घटनामा तस्करहरू पक्राउ परेका छैनन्।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया