
श्रेणी : अपराध
2.5kViews
1340
Shares
जनकपुर,१८ साउन । सप्तरीमा अवैध लागुऔषध कारोबारमा संलग्न दुई युवकलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये एक बडिविरपुर–१ का विशाल राय र अर्का डाक्नेश्वरी–७ का मनोज राय हुन्।
सप्तरीका प्रहरी प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार संदिग्ध गतिविधि देखिएपछि नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनाको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। लागुऔषधसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया