वीरगन्ज :

सप्तरीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

श्रेणी : दुर्घटना

3 weeks
Pradeep Sah
2.6kViews
1085 Shares

राजविराज,२६ साउन । सप्तरीको शम्भुनाथ नगरपालिका–८ पोखरियास्थित भित्री सडकखण्डमा टेम्पु रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक दम्पती घाइते भएका छन्।

प्रहरीका अनुसार, मोटरसाइकल चालक अजयकुमार चौधरी, जो शम्भुनाथ नगरपालिका–२ कनकपटीका स्थायी बासिन्दा हुन्, गम्भीर घाइते भएर गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइए पनि उपचारको क्रममा निधन भएको छ।

दुर्घटनामा टेम्पु चालक मणिलाल मण्डल र उनकी पत्नी आशादेवी मण्डल, जो शम्भुनाथ नगरपालिका–८ पोखरियाका बासिन्दा हुन्, घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पु र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकलबीच भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *