वीरगन्ज :

सप्तरीमा बालयौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

श्रेणी : अपराध

4 months
Pradeep Sah
2.7kViews
1122 Shares

जनकपुर, २३ फागुन । सप्तरीमा आफ्नै विद्यालयका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । सप्तकोशी नगरपालिकास्थित गोवर्धन वैरागी जनता माध्यमिक विद्यालयका एक शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका वडा नम्बर १२ घर भई हाल सप्तकोशी नगरपालिका वडा नम्बर २ बस्ने रमेश कुमार राउत रहेका छन् । आफ्नै विद्यालयका १६ वर्षीया किशोरीलाई यौन दुरुपयोग गरेको उजुरी परेपछि राउतलाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले जानकारी दिए ।

राउत गोवर्धन विद्यालयका कम्प्युटरतर्फका करार शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राउतलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *