वीरगन्ज :

सप्तरीमा बस पल्टिँदा २ को मृत्यु, २४ भन्दा बढी घाइते

श्रेणी : मधेस

2 months
Pradeep Sah
3.0kViews
1511 Shares

जनकपुर,१४ वैशाख । सप्तरीमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ भन्दा बढी यात्रु घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–१० बदगामा, उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा यो घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृतकमध्ये एक जना सप्तरीको सप्तीकोशी नगरपालिका–१ निवासी ७५ वर्षीय रत्नबहादुर मगराती हुन् भने अर्की मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुवैजनाको विराटनगरस्थित मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटनामा गम्भीर, मध्यम र सामान्य गरी करिब दुई दर्जन यात्रु घाइते भएका छन्, जसको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

बस चालक झापा मेचिनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिई प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। बस कसरी अनियन्त्रित भयो भन्ने विषयमा अनुसन्धान जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *