वीरगन्ज :

सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोलीबाट एकको मृत्यु

श्रेणी : BANNER

23 hours
Pradeep Sah
2.3kViews
1274 Shares

राजविराज,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्करी रोक्ने प्रयासमा गएका सुरक्षाकर्मी र स्थानीयबासीबीच भएको झडपले हिंसात्मक रूप लिँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार राति तस्करी भइरहेको सूचना पाएपछि टोली खटिएको थियो। तर, प्रहरीले कारबाही गर्न खोज्दा केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। भीड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो।

गोली लागेर घाइते भएका अन्दाजी ३६ वर्षीय लालु यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाइते भएका छन्। घटनास्थलबाट भारततर्फ तस्करी गर्न लागिएको केही कार्टुन मदिरा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय क्षेत्रमा थप तनाव सिर्जना हुन सक्ने भएकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *