वीरगन्ज :

सप्तरीमा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सेवा सुरु

श्रेणी : मधेस

3 months
Pradeep Sah
3.0kViews
1717 Shares

जनकपुर,३१ जेठ । सप्तरीमा असार १ गते अथात् आइतबारदेखि अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु हुने भएको छ ।

नागरिकता वितरणसम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्यले असार १ गतेबाट अनलाइन प्रणालीबाट सिफारिस सेवा सुरु हुने भएको हो ।

सप्तरीका सबै स्थानीय तहलाई केन्द्रीय नागरिकता सूचना प्रणाली (सिसिआइएमएस) को प्रयोग गरी नागरिकताका लागि अनलाइन प्रणालीबाट सिफारिस गरेर पठाउन सबै तयारी पूरा भइसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

उहाँले गृह मन्त्रालय सूचना प्रविधि शाखाले यही जेठ २६ गते पठाएको पत्रानुसार असार १ गतेदेखि यस कार्यालयमा नागरिकता सम्बन्धी सेवा लिन आउने सेवाग्राहीहरूले सम्बन्धित पालिकाको वडा कार्यालयहरूबाट अनलाइन सिफारिस लिएर आउनुपर्ने बताउनुभयो ।

अनलाइन सिफारिसका लागि दुई महिना अघिदेखि तयारी थालिएको र जिल्लाका १८ वटै पालिकाका जनशक्तिलाई त्यसका लागि तालिम समेत दिई सकिएको प्रशासकीय अधिकृत जितेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
वडा कार्यालयबाट अनलाइन सिफारिस सुरु भएपछि सेवाग्राहीले धेरै कागज बोक्ने झन्झटबाट मुक्त हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *