श्रेणी : BANNER
राजविराज । सप्तरी क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यमा जनमत पार्टीले विजयी सुरुवात गरेको छ। सप्तरी २ (२) मा जनमत पार्टीका महेशप्रसाद यादव १३ हजार ३२५ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जानकारी दिएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा सीमित भएका छन्।
जसपा नेपालका लक्ष्मण यादवले ५ हजार ६२१ मत ल्याएर तेस्रो स्थानमा रहे । सप्तरीको प्रदेश सभा २ (१) मा पनि जनमत पार्टीका सतिशकुमार सिंह विजयको नजिक पुगेका छन्। उनले १४ हजार ३२२ मत ल्याएर अग्रता फराकिलो बनाएका छन्।
जसपाका शैलेन्द्रप्रसाद साहले ६ सय ७४९ मत र सत्ता गठबन्धनबाट लोसपाका सरोजकुमार मण्डलले ५ हजार ४२८ मत ल्याएका छन्।
प्रतिक्रिया