वीरगन्ज :

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

श्रेणी : BANNER

2 years
birgunj report
153Views
0 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो ।

तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै गतवर्षको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

मुद्दाको टुङ्गो नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र बङ्गलादेश पुरेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन् । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ ।

तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन । जिल्ला अदालतल थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *