वीरगन्ज :

सन्दीपविरुद्धको मुद्दाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

श्रेणी : समाचार

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । सर्वोच्च अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी पक्षले दायर गरेको पुनरावलोकन निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो।

न्यायाधीश फुयालको इजलासले सन्दीपविरुद्ध मुद्दा दर्तादेखि उच्च अदालत पाटनबाट धरौटीमा छोड्ने आदेश सम्मका फाइलहरु मगाउन भनेको छ ।

बलात्कार मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनलाई शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

उच्च अदालत पाटनको उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको थियो । सरकारी पक्षको निवेदनमा उच्च अदालत पाटनको आदेश खारेज गरी सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने आदेश जारी गर्न माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *