वीरगन्ज :

सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन

श्रेणी : समाचार

2 years
birgunj report
9Views
0 Shares

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

बलात्कार आरोप लागेका लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश खारेज गर्दै शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको पुस २८ गतेको संयुक्त इजलासले शर्तसहित लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

उक्त आदेश बेरितको भएकाले खारेज हुनुपर्ने मागदाबी गर्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिएको हो । पुनरावलोकन निवेदनमा सन्दीपलाई थुनामै राख्नुपर्ने मागदाबी गरिएको छ ।

गत कात्तिक १८ मा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए । लामिछानेमाथि एक नाबालिकालाई भदौ ५ मा तिलगंगास्थिति एक होटलमा बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *