श्रेणी : समाचार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित परेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर उनीविरुद्ध लागेको नाबालिग बलात्कार मुद्दा लड्नुपर्ने माग गर्दै सर्वोच्चमा दिएको पुनरावलोकन मुद्दा सुनुवाइ आज हुन लागेको हो । गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले जानकारी हुन् ।
नेपाल क्रिकेट संघ(क्यान)को मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीप बिहीबारबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका थिए ।
प्रतिक्रिया