
श्रेणी : समाचार
17Views
0
Shares
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको हो । अदालतले यसअघि उनलाई सात दिन हिरासतमा राखेर अनुुसन्धान गर्न अनुमति दिएको थियो ।
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा सन्दीप यही असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी वृत्त गौशालामा गत भदौ २१ गते सन्दीपविरुद्ध जाहेरी परेको थियो ।
सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । पीडित किशोरीले सन्दीपले भदौ ५ गते राति काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया