श्रेणी : BANNER
      2.3kViews
      
      
      1121
      Shares
      
      
वीरगंज । वीरगंजमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएकाे दोस्रो खेलमा सन्दिप लामिछानेले कप्तानी गरेकाे टिम पर्सा-११ नेपाल पुलिस क्लबसंग २५ रनले पराजित भएकाे छ।
नारायणी रंगशालाकाे क्रिकेट मैदानमा भएको खेलमा पुलिसले दिएकाे १२५ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको पर्सा ११ ले पुरा २० ओभर खेल्दै  ८ विकेटको क्षतिमा ९९ रन मात्र बनाएपछि पर्सा-११  पुलिससंग २५ रनले पराजित भएकाे हो।
पर्सा ११ का लागि पवन सरार्फले सर्वाधिक ३२ रन बनाए भने पर्सा कप्तान सन्दीप लामिछानेले २३ रन  बनाएपनि आफ्नाे टिमलाई हारबाट जाेगाउन सकेनन् । यस्तै पर्सा-११ का लागि सुरज पटेलले १७ रन र रुपेश सिंहले १५ रनमात्र बनाए।
बलिङतर्फ पुलिसका सागर ढकालले चार ओभरमा १२ रन दिएर दुई विकेट, करण केसीले चार ओभरमा २४ रन दिएर दुई विकेट र ललित राजबंशीले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियाे । पुलिसका लागि करण केसीले २९ रन, अमित श्रेष्ठले २६ रन र आरिफ शेखले २२ रन बनाए ।
बलिङतर्फ पर्सा ११ का अनिल साहले दुई ओभरमा १२ रन दिएर दुई विकेट, रुपेश सिंहले दुई ओभरमा १७ रन दिएर एक विकेट तथा समसाद अन्सारीले चार ओभरमा १४ रन खर्चिएर एक विकेट लिए ।
- चार ओभर बलिङ गरेका पर्सा-११ का कप्तान सन्दीप लामिछानेले २८ रन खर्चिएपनि उनले विकेट भने लिन सकेनन्। कालिका टाईम्स
 
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया